उपराष्ट्रपति निर्वाचन : राज्यमन्त्री आजादलाई एम्बुलेन्समा हालेर मतदान स्थल पुर्याइयो

काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि एकजना प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा बोकेर मतदान स्थलसम्म पुर्याइएको छ ।
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सांसद तथा सामाजिक विकास राज्यमन्त्री मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर संसद भवन लगिएको थियो ।
राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रमा सेन्टरमा अपरेशन गरिएको थियो ।
अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा लगिएको थियो ।
एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्याइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


