राष्ट्रपति पौडेलको सचिवालयमा ५ जना नियुक्त

काठमाडौं, २ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा ५ जनालाई नियुक्त गरिएको छ ।
राष्ट्रपति पौडेलले शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जीवी अधिकारी निजी सचिवमा नियुक्त भएका थिए ।
नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ ।
राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


