नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ । योसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको हो ।
लिग–२ को अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदानमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो ।

अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो । त्यसपछि डिएल मेडथका आधारमा नेपाललाई ९ रनले विजयी घोषणा गरियो ।
यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


