न्यूजिल्यान्डमा सुनामी आउनसक्ने युएसजीएसको चेतावनी

एजेन्सी, २ चैत । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएसँगै सुनामी आउनसक्ने अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ ।
बिहीबार बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको छ ।
सुनामीले क्षति पुर्याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको जनाइएको छ ।
यसअघि ०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो भने न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


