एजेन्सी, २ चैत । भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ ।

समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा बिहीबार दुर्घटना भएको हो । हेलिकप्टरमा लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ ।

हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।