सप्तरीमा ट्रक र विङ्गर एक आपसमा ठोक्किँदा १४ जना घाइते

सप्तरी, २ चैत । पूर्वपश्चिम राजमार्गमा ट्रक र विंगर एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–६ जगमोहनस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख २६०८ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ०१–०२८ च २२१५ नम्बरको विंगर एक आपसमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले दुर्घटनामा विंगरमा सवार १४ जना घाइते भएको तथा उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
प्रहरीले ट्रक, ट्रकका चालक सुनसरीको ईटहरी उपमहानगरपालिका–११ सिमरवना बस्ने २५ वर्षीय बिसाल खालाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी विंगर चालक सिरहाको लहान नगरपालिका–२४ मनहरबा बस्ने ३५ वर्षीय दिलिप कुमार राम, सिरहाको सुखिपुर बस्ने २३ वर्षीय राकेश प्रसाद साह, उनका ३० वर्षीया श्रीमती पिंकी कुमारी साह, ५ वर्षीय छोरा युमान साह, २० वर्षीया सालि शितल कुमारी साह, लहान नगरपालिका बस्ने ४५ वर्षीय गणेश साह, उनका ६ वर्षीय छोरा अवास साह, सोही ठाउँ बस्ने ५५ वर्षीय रमेश कुमार साह, उनका ५० वर्षीया श्रीमती मुनि देवी साह, पर्साको वीरगञ्ज महानगरपालिका–३ बस्ने ४० वर्षीय राकेश कुमार गुप्ता, उनका ३५ वर्षीया श्रीमती अभा देवी गुप्ता, भारतको बिहार राज्यस्थित सितामढी ग्राम पञ्चायत बस्ने २० वर्षीय रोशन साह, लहान नगरपालिका–८ सुखिपुर बस्ने उमेश साहका २१ वर्षीय छोरी आरती कुमारी साह र सोही ठाउँ बस्ने राकेश साहका ८ वर्षीय छोरा आरभ कुमार साह घाइते भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


