काठमाडौं, १ चैत । सरकारले अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

अतिआवश्यक अवस्थामा बाहेक मन्त्री र कर्मचारीको विदेश भ्रमणमा रोक लगाइएको उनले जानकारी दिइन् ।

उनले नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्चपदस्थ कर्मचारीले अब उपरान्त अतिआवश्यक अवस्थामाबाहेक विदेश भ्रमण गर्न नपाउने बताइन् ।