उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि समिति गठन गर्ने निर्णय

काठमाडौं, १ चैत । सरकारले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।
मन्त्री शर्माले उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको जानकारी दिइन् ।
पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिएको थियो । उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


