काठमाडौं, १ चैत । नेपाली कांग्रेसविरुद्ध नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा गरेको निर्णयका आधारमा एमालेले उजुरी दिएको हो ।

बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएको नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौनअवधि सुरू भएको थियो । तर, कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्नेगरी कुनै उम्मेदवरको पक्षमा निर्णय गरेर प्रचारप्रसार गरेको भन्दै एमालेले उजुरी दर्ता गरेको हो ।