काठमाडौं, १ चैत । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

उनलाई बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ ।

गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका थिए ।

एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।