बैंक तथा वित्तीय संस्थाले घटाएको ब्याजदर लागू

काठमाडौं, १ चैत । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर बुधबारदेखि लागू भएको छ ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था संघले चैत १ गतेदेखि कर्जामा एक प्रतिशत र निक्षेपमा शून्य दशमलव चार प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबारदेखि लागू भएको हो ।
उक्त निर्णय लागू भएसँगै बैंकहरुले अब कर्जामा पाँच प्रतिशतसम्म ब्याज लिन पाउने भएका छन् भने निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् ।
विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ । नेपाल वित्तीय संस्था संघ (फाइनान्स)ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


