काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा उपराष्ट्रपति तथा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।