काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सबल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण प्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

१० दलीय गठबन्धनले महिलाको अधिकार खोस्न, संविधानलाई मिच्न निर्वाचन आयोगलाई प्रयोग गरेको उनको आरोप छ । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको उनको दाबी छ । गठबन्धनभित्र अनेक प्रकारका समस्या रहेको भन्दै ओलीले यो गठबन्धनले महिलाका हक अधिकार हरण गर्न लागेको बताए ।