काठमाडौं, ३० फागुन । नेकपा एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गरेको छ ।

मंगलबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दल र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दलको नेताको मान्यता दिन माग गरेको हो ।

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।