ठाकुरराम क्याम्पसका विद्यार्थी नेताहरू अनसनमा

पर्सा, ३० फागुन । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेताहरू आन्दोलित बनेका छन् ।
नेविसंघको तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् ।
नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका छन् । स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर आफूहरू अनसनमा बसेको विद्यार्थीहरूले बताएका छन् ।
चुनाव निर्वाचन समितिले तोकेको मितिमै हुनुपर्ने माग आफूहरूको रहेको विद्यार्थी नेताहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


