महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

काठमाडौं, ३० फागुन । सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।
पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले मंगलबार दरपिठ गरिदिएको हो ।
३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


