काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालकोतर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेर मत मागेका छन् ।

उनी सोमबार अध्यक्ष नेपालको निवास पुगेर आफूलाई मत मागेका हुन् ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत दिन आग्रह गरिरहेका छन् । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।