महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई युवक पक्राउ

दाङ, २९ फागुन । दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।
घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आँगनमा श्रीमानसँगै सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुईजनाले महिलालाई बलात्कार गरेका थिए ।
पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान–श्रीमती मागेर जीवन चलाइरहेका थिए ।
पीडितले घटनाबारे २७ फागुनमा दिएको जाहेरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


