काठमाडौं, २८ फागुन । युएईमाथि शानदार जित निकाल्दै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको छ ।

यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ का बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

त्रिवि मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भएको हो ।

नेपालले रनका आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो ।