सरकारको ध्यान समद्धितर्फ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान समद्धितर्फ रहेको बताएका छन् ।
आइतबार नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै उनले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम गर्नेतर्फ जाने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई चालू अवस्थामा ल्याउन सरकारको ध्यान रहेको बताए ।
उनले पेट्रोलियम पदार्थमा घाटा खाएर मूल्य नियन्त्रण गरिए पनि यो सधैँभरि खेप्न सकिने अवस्था नहरेको बताए । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले ठेक्का लिएर समयमा काम नगर्ने र बेलाबेला हराउँदा निर्माण क्षेत्रको वास्तविक चित्रलाई प्रतिबिम्बित गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


