सर्लाही, २८ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेस प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भुपनारायण अधिकारी चयन भएका छन् ।

सर्लाहीको लालबन्दीस्थित जनज्योति माविमा निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा अधिकारीलाई चयन गर्दै ५१ सदस्यीय समिति गठन गरिएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजविर महतो, उपाध्यक्षत्रय माला देवी जैसवाल, बिनोद साह र रघुनन्दन रायलाई चयन गरिएको छ ।

महासचिवमा गुलाव यादव, अर्थ महासचिवमा लक्ष्मी हाई, उपमहासचिवमा रामेन्द्र यादव, अर्थ उपमहासचिवमा शिवचन्द्र मण्डल र सचिवमा अर्जुन थापा, मनोज खनाल, श्रीकुमार स्याङ्तान र दिनेश पराजुली चयन भएका छन् ।