जनकपुरधाम, २७ फागुन । जनकपुरधाम–४ स्थित गंगासागर छठ पूजा समितिको नयाँ कार्यसमिति गठन गरिएको छ ।

निवर्तमान उपाध्यक्ष देवनारायण गुप्ताको रोहवरमा शनिबार बसेको बैठकले हरि नारायण गुप्ताको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा संतोष कुमार गुप्ता, सचिवमा रामचन्द्र पंजियार, सह–सचिवमा कारीराम साह र कोषाध्यक्षमा सोनु कुमार निधिलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै, सदस्यहरुमा गणेश कुमार साह, जगमोहन साह, महेन्द्र मण्डल र रमालाल दास रहेका छन् ।