जनकपुरधाम, २७ फागुन । ऐतिहासिक दुधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानले शनिबार दुधमती नदीको बृहत् सरसफाइ गरेको छ ।

२०७६ कार्तिक २३ गतेदेखि शुरुवात गरिएको अभियानको शनिबार १७५औं हप्ता निरन्तरता दिइएको हो ।

दुधमती नदी तथा किनारमा नियमित एक घण्टा बृहत् सरसफाइ हुँदै आएकोमा शनिबार दुई घण्टा सरसफाइ गरिएको अभियानका संयोजक सुदिप मण्डलले जानकारी दिए ।

शनिबार बृहत् सरसफाइका साथै वृक्षारोपणसहित विरुवाहरुको गोडमेल तथा जल सिँचाइसमेत गरिएको उनले बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, वनविज्ञ गणेश राय, सहायक वन अधिकृत सुरेश शर्मा, वडा सचिव जैसिलाल मण्डल, सरसफाइ अभियानी दिपु ठाकुर, रुबी झा, नापी कार्यालय धनुषाका रामदुलार साह, पञ्चलाल मण्डल, आनन्द सहनी, बसन्त मण्डल, निशान्त सिंह, श्रवण ठाकुर, मनोज मण्डललगायतका अभियन्ताहरुको सहभागीता रहेको थियो ।