आगलागीबाट एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुर, २७ फागुन । उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा रहेको रामबहादुर बुर्जा मगरको घरमा आगालागी हुँदा दुईजनाको मृत्यु भएको हो ।
विद्युत सर्ट भएर रामबहादुर बुर्जा मगरकी ६ वर्षीया छोरी जस्मिन मगर र उनका भाइ २ वर्षीय रोजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जस्ताले छाएको तीनतले घर जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


