उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, २६ फागुन । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न शनिबार बिहान केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
शनिबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका हुन् ।
सो बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नुका साथै राष्ट्रपति निर्वाचनबारे समेत समीक्षा हुनेछ ।
उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठदलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


