रूपन्देही, २६ फागुन । रूपन्देही प्रहरीले साढे दुई किलो चरेससहित भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर–६ बस्ने ३६ वर्षीया लालसरा घर्ती रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया बसपार्कबाट घर्तीलाई पक्राउ गरिएको हो ।

बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।