विश्वकप लिग–२ : पीएनजीसँग यूएई ५६ रनले पराजित

काठमाडौं, २६ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग युनाइटेड अरब इमिरेट्स (यूएई) पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर १९० रनमात्र बनाउन सक्यो ।
५६ रनको हार ब्येहोरेसँगै ३३ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैठौं स्थानमा छ ।
जितसँगै ३४ खेलबाट ११ अंक जोडे पनि पीएनजी तालिकाको पुछारमा छ । यस्तै, ३३ खेलबाट ३४ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


