जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रामसहाय हाल जसपाको संसदीय दलका नेता छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


