कमला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दुईजना गम्भीर घाइते

जनकपुरधाम, २५ फागुन । धनुषाको कमला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
कमला नगरपालिका वडा नम्बर–२ माची झिट्कैयामा भएको सो झडपमा एक पक्षले अर्को पक्षमाथि बाँसको फट्टा र बियरको बोतल प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेहरुमा स्थानीय २४ वर्षीय अस्निश कुमार प्रभाकर र सोही ठाउँ बस्ने ५० वर्षीय हिरालाल यादव रहेका छन् ।
पुरानो रिसिइबिको कारण होली पर्वको मौका छोपेर कमला नगरपालिका–२ का पूर्ववडाध्यक्ष धनेश्वर यादव, उनका २० वर्षीय छोरा बिमलेश यादव र स्थानीय ३४ वर्षीय रबिन यादवले दुबैजनामाथि बाँसको चिरपट तथा बियरको बोतल प्रहार गरेको अस्निशका पिता दिलिप कुमार यादवले जानकारी दिए ।
घाइते हिरालाई १७ वटा र अस्निशलाई ७ वटा टाँका लगाइएको यादवले बताए ।
घाइते दुबैजनाको अहिले जानकी हेल्थ केयर हस्पिटल जनकपुरधाममा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


