सप्तरीमा एक पुरुषको वेवारिसे शव फेला

सप्तरी, २५ फागुन । सप्तरीमा एक पुरुषको वेवारिसे शव फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–९ स्थित बढका पुल नजिकै एक पुरुषको वेवारिसे शव फेला परेको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा टोलका ४५ बर्षीय नरेश कुमार यादवको शव वेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले बताए ।
बिहिवार दिउँसो सो शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका स्थानीयले जानकारी दिए । मृतक पुरुषको मानसिक सन्तुलन ठिक नरहेको हुन सकिने अनुमान स्थानीयले गरेका छन ।
घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


