सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरी, २५ फागुन । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाढी गाउँपालिका–२ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छन् ।
बुधबार राति १० बजे राजविराज नगरपालिका–११ पम्प नहरस्थित भित्रि सडकखण्डमा मण्डल आफैंले चलाउँदै गरेको स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
मण्डलले मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


