जनकपुरधामसहित तराई मधेसमा धुमधामका साथ होली मनाइयो

जनकपुरधाम, २४ फागुन । जनकपुरधामसहित तराई मधेसमा बुधबार धुमधामका साथ फागु अर्थात् होली पर्व मनाइएको छ ।
तराईमा होलीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । रङहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वका रुपमा मनाइन्छ ।
मधेस प्रदेशका विभिन्न जिल्लामा असत्यमाथि सत्यको जीतको प्रतीकस्वरुप रङ–अबीर दलेर होली पर्व मनाइएको छ । गाउँगाउँ र टोल टोलमा पनि आपसमा रङ, अबिर दलेर होली पर्व मनाइएको हो ।
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।
मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएपछि बुधबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा रंगअविर लगाएर होली मनाइएको हो ।
यसअघि सोमबार पहाडी क्षेत्रमा र मंगलबार तराई मधेसमा होली मनाइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


