रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार निर्णय लिने

काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उक्त पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ ।
त्यसअघि रास्वपाले निर्णय गर्ने भएको हो । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


