यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी, २४ फागुन । यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । सो दुर्घटना यमनको उत्तरी रेड सीमामा भएको हो ।
उक्त डुंगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ । उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा डुबेको बताइएको छ ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र ६ जना बालबालिका थिए ।
डुंगा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


