काठमाडौं, २४ फागुन । बिहीबार हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानको लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुभाषचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।