काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन् ।

समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

राजनीतिक रुपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरू थप सशक्त र जागरूक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको अध्यक्ष यादवले बताए ।

कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।