सप्तरी, २४ फागुन । सप्तरीमा सालीसँग होली खेल्न जाँदा गाउँका केटाहरुले एक युवकलाई निर्घात कुटपिट गरेका छन् ।

गाउँका केटाले कुटेपछि ग्याङ फाइट भएको प्रहरीले जनाएको छ ।

जिल्लाको महादेवा गाउँपालिका–४ मनियार परसाही टोलमा सोही पालिकाको वडा नम्बर–१ चिम्टी बस्ने २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो ससुरालिमा सालिलाई घर बाहिर रङ लगाउँदा गाउँको केटाहरुले कुटपिट गरेका थिए ।

गाउँका केटाहरूले कुटपिट गरेपछि युवकले फोन गरेर आफ्नो गाउँका करिब ८०÷९० जना साथिहरुलाई बोलाउँदा दुई पक्षबीच झै–झगडा तथा कुटपिट भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

दुई पक्षबीच भएको झै–झगडामा घाइते भएकाहरुको स्थानिय मेडिकलमा उपचार भएको तथा कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।

फरार रहेका अन्यहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।