सप्तरी, २४ फागुन । सप्तरीमा एक महिलाले आत्महत्या गरेकी छन् ।

जिल्लाको राजविराज नगरपालिका–७ खर्साल टोल बस्ने देव कुमार यादवको ४२ वर्षीया श्रीमती सिमा यादवले डिप्रेसनका कारण मुसा मार्ने कमाण्डो नामक विषादी सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

महिलालाई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा समान्य उपचार पश्चात थप उपचारका लागि बिराट मेडिकल कलेज विराटनगर लगिएकोमा बुधबार बिहान डाक्टरले इसिजी चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घटनावारे थप घनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।