काठमाडौं, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष ०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड हस्तान्तरण गरेको हो ।