एजेन्सी, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।

क्वेटा–सिबी राजमार्गको कम्बरी पुलनजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए ।