इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारणमा प्रतिबन्ध

एजेन्सी, २२ फागुन । पाकिस्तानी सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
पूर्वप्रधानमन्त्री खानले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले टेलिभिजनहरूलाई उनका हरेक गतिविधि प्रसारणमा रोक लगाएको हो ।
अथोरिटीले सूचनामा भनेको छ, ‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए, जुन कानुन र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’
पूर्व क्रिकेटरसमेत रहेका खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक बनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


