आज पहाडी भेगका जिल्लामा होली पर्व मनाइँदै

काठमाडौं, २२ फागुन । आज पहाडी भेगका जिल्लामा होली पर्व मनाइँदै छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने परम्परा रहेको छ ।
होलीमा एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मैत्रीपूर्ण सामाजिक सद्भाव कायम रहेको भनि देखिने पर्वको रुपमा मनाइने गरिन्छ ।
होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । होली एकआपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


