अबैध भारतीय रकमसहित एकजना पक्राउ

सप्तरी, २१ फागुन । सप्तरी प्रहरीले भारतीय रुपैयाँसहित एकजनालाई पक्राग गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य कैसुर दतियाव ग्रामपञ्चायत घर बताउने ५४ वर्षीय चन्द्रशेखर ननु ठाकुर रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ खाडो खोलामा प्रहरी चौकी तिलाठी र सशस्त्र प्रहरी बल बि.ओ.पी सप्तरीबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
ठाकुरको खानतलासी गर्दा उनको साथबाट अबैध भारतीय रकम ८६ हजार ६५० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


