अफगानिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा ६ जना आइएस लडाकू मारिए

एजेन्सी, २१ फागुन । अफगानिस्तानको हेरात प्रान्तमा सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ६ जना आइएस लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।
त्यस कारबाहीमा परेर अरू केही लडाकू घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


