धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु

जनकपुरधाम, २० फागुन । धनुषामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा शनिबार राति करिब ९ बजेको समयमा सडकमा गुडिरहेको ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किंदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का मोटरसाइकल चालक ४५ वर्षीय रामएकबाल ठाकुर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ६० वर्षीय सत्तो साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गम्भीर घाइते अवस्थाका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


