माधव नेपालका भाइ सरोज उपाध्यायले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, २० फागुन । रेष्टुरेन्टको छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्षमा देखिएको छ ।
रेष्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवश आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
रेष्टुरेन्टमा झण्डै पाँच फिट अग्लो रेलिङ लगाएको र उपाध्याय टेबलमाथि चढेर हाम फालेको प्रहरीले जनाएको छ ।
तीनदिनदेखि उपाध्याय लगातार सोही रेष्टुरेन्टमा जाने गरेका थिए । शंखमूलस्थित बबिन रेष्टुरेन्टमा पुगेर उनले कफी र चुरोट मगाउँथे ।शनिबार पनि उनी त्यहाँ पुगेका थिए ।
शनिबार अपराह्न रेष्टुरेन्टको छतबाट खसेपछि घाइते भएका उनलाई सुरुमा बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यसपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


