पूर्वडीआइजी भक्ति माझीको कार दुर्घटना

विराटनगर, २० फागुन । नेपाल प्रहरीका पूर्वडीआइजी भक्ति माझीको सवारी साधन दुर्घटनामा परेको छ ।
नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश–१–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर–१९ घिनाघाटामा दुर्घटनामा परेको हो ।
कारमा सवार माझीसहित अन्य तीनजना सामान्य घाइते छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोकतिर आउने क्रममा कारको टायर पम्चर हुँदा अन्यन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
माझीले चलाएको कारमा भिम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


