जकार्तामा इन्धन भण्डारणमा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी, २० फागुन । जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी) का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको संख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।
उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।
उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब ६ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।
विस्फोटले यस क्षेत्रका एक हजार भन्दाबढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ ।
उक्त घटनामा ८ जना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


