इन्डोनेसियामा सशस्त्र पृथकतावादीद्वारा दुईजनाको हत्या

एजेन्सी, २० फागुन । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।
प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो ।
सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्या गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो ।
इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन् ।
यसैगरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


