काठमाडौं, २० फागुन । नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ७२औं मिनेटमा मनिकुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए ।

८७औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गरे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।